शिक्षकले देखाए यौन आचरण, विद्यार्थी आन्दोलित

गैर सरकारी संघसंस्थाको अगुवाईमा आजबाट देशभरी बाल दुव्र्यवहार बिरुद्धको १९ दिने अभियान शुरु भइरहेको अवस्थामा नुवाकोटमा भने शिक्षकलेनै यौन आचरण राखेको र दुव्र्यवहार गरेको भन्दै तारुका गाउँ विकास समितिका विद्यार्थीहरु आन्दोलित भएका छन् । श्रीकृष्ण उच्च माध्यामिक विद्यालय तारुकामा अध्यायनरत विद्यार्थीहरु आफ्नो गहिरो समस्या लिएर जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा कार्यालय पुगेका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुस :




त्यस विद्यालयका अङ्ग्रेजी विषयमा शिक्षक खमलाल तिमिल्सिनाले आफुहरुलाई दुव्र्यवहार गरेको भन्दै छात्राहरुले प्रशासन कार्यालय र शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् । साथै शिक्षा कार्यालयमा कारबाहिको लागि उनीहरुले उजुरी पनि दर्ता गराएका छन् । आफुहरुमाथी दुव्र्यवहार भएको कारणले शिक्षकलाई बुधवार मोसो लगाएको उनीहरुले बताएका छन् ।
   




शिक्षक खमलाल तिमिल्सिनाले भने आफुमाथी हातपात भएको र मोसो लगाई सार्वजनिक व्यइज्यती गरेकोमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनुभएको छ । दुई वर्ष अघि पनि तारुका गाउँ विकास समितिमा रहेको पिमलटार माध्यामिक विद्यालयमा विद्यार्थीसंग जवरजस्ती यौन सम्वन्ध राख्ने शिक्षकलाई अभिभावकहरुले विद्यालयबाट निकालेका थिए । त्यस विद्यालयका शिक्षक गोकर्ण अधिकारीले कक्षा नौँमा अध्यायन गरिरहेका एक छात्रासंग लामो समयदेखि विभिन्न त्रास देखाएर यौन सम्वन्ध राख्दै आएका थिए ।
 
Hot Khabarmazza.com