वैवाहिक समारोहमा करेन्ट लागेर कम्तिमा २५ जनाको मृत्यु

साउदी अरबमा एउटा विवाह समारोह भइरहेको घरमा आगलागी हुँदा कम्तिमा पनि २५ जनाको ज्यान गएको छ । मंगलबार साँझ भएको दुर्घटनामा अरु ३० जना घाइते भएका बिबिसीले जनाएको छ । पूर्वी साउदी अरेवियाको ऐन बद्रा गाउँमा विजुलीको तार चुडिएर विवाह समारोह भइरहेको घरमा खस्दा आगलागी भएको हो ।




ज्यान गुमाउने मध्ये अधिकांशलाई करेन्ट लागेको साउदी अरेवियाका अधिकारीलाई उधृत गर्दै अलजजिराले जनाएको छ । अलजजिराका अनुसार मारिनेहरुमा अधिकांश महिला र वालवालिका छन् । समारोहमा महिला र पुरुष अतिथिका लागि छुट्टा छुट्टै बस्ने स्थान उपलब्ध गराइएको र दुर्घटना महिला दर्शक दीर्घामा भएको समाचारमा जनाइएको छ ।



 
Hot Khabarmazza.com