भगवानको मुर्तीवाट आँसु झर्‍यो

वीरगन्ज , कार्तिक ९ । बाराको लिपनीमाल गाविसको चैनपुर चोकमा बडा दशैको अवसरमा स्थापना गरिएको दुर्गा भवानीको मुर्तीको आँखाबाट आज बिहान आँसु झरेको छ ।

दुर्गा पूजा समितिले मुर्ती बिसर्जनका लागि तयारी गरिरहेका बेला बिहान अचानक दुर्गाभवानीको मुर्तीबाट आँसु बगेको पुजारी दिलिप कुमार उपाध्यायले जानकारी दिएका छन्
दुर्गा भवानीको दाहिने आँखाबाट आँशुको धारा बगेको पुजारी उपाध्यायले बताउनु भयो ।








यसका साथै दुर्गाभवानी सवार रहेको सिंह र कात्र्तिकेय भगवानको आँखाबाट पनि आँसु झरेको स्थानीयवासीले बताएका छन ।

मुर्तीको आँखाबाट आसु झरेपछि बिसर्जन कार्यक्रम स्थगीत गरिएको दुर्गा पुजा समितिले जनाएको छ । दुर्गा भवानीको आँखाबाट आँसु झरेको हेर्न अहिले पूजा स्थलमा ठूलो संख्यामा भक्तजन र सर्व साधरणहरुको भिड लागेको छ ।

 चैनपुरमा दशैको अवसरमा विगत दश वर्ष देखि दुर्गा भवानीको मुर्ती स्थापना गरि पुजापाठ गरिदै आएपनि यसअघि यस्तो कहिल्यै नभएको पुजा समितिका संस्थापक सदस्य रामविनय साहले बताएका छन् । साहले आफुले पनि बिहान हेर्न जाँदा मुर्तीहरुको आँखाबाट आँसु झरिरहेको देखेको बताउनु भयो ।श्रोत :सौर्य दैनिक







 
Hot Khabarmazza.com