क्यामराअघि साँच्चीकै आमा बनिन् हिरोइन

मोडलबाट अभिनेत्री बनेकी दक्षिण भारतीय अभिनेत्री श्वेता मेननले क्यामराका
अगाडि बच्चा जन्माएकी छिन् । ३-३ वटा बक्यामराले खिचिरहेको बेला उनले
खुलमखुल्ला बच्चा जन्माइन् । यो कुनै अभिनय होइन, साँच्चीकै घटना हो ।



फिल्म निर्देशक ब्लेसीले श्वेताले आफुले बच्चा जन्माइरहेको घटनाको लाइभ
रेकर्ड गर्न लगाएका हुन् । यसका लागि मुम्बइ अस्पतालको प्रसुति कक्षमा
बिहिबार ३ वटा क्यामरा फिट गरिएका थिए ।








आफ्ना अघिल्ला फिल्ममा प्रयोग गर्नका लागि श्वेताले बच्चा जन्माइरहेको
रियल सिन खिचिएको ब्लेसीले बताए । त्यसैले यदि आगामी मलयालम फिल्ममा
स्वेताले बच्चा जन्माइरहको दृश्य देखिएमा त्यो कुनै अभिनय हुनेछैन श्वेता
आमा बनिरहेको रियल दृष्य हो । निर्देशक ब्लेसीका अनुसार रेकर्डिङको सुरुवात
त्यस समयदेखि नै गरिएको थियो जब श्वेता पाँच महिनाकी गर्भवती दिइन् ।








पाँच
महिनादेखि बच्चा जन्मिएको बेलासम्मका हरेक दृश्य खिचेर आगामी फिल्ममा
राख्ने योजना मुताविक श्वेताको गर्भावस्था र प्रसुतिलाई क्यामरामा कैद
गरियो । बच्चा जन्माइरहेको दृश्य खिच्ने बेला अस्पतामा डाक्टर, नर्स तथा ३
जना क्यामराम्यान थिए । फिल्म बच्चा र आमाको सम्बन्धको बारेमा तयार हुँदैछ ।

 
Hot Khabarmazza.com