राजधानीमा २० बर्षदेखि २५ बर्षको उमेरका युवती बेश्याहरु

कमलपोखरीस्थित सिटी सेन्टरछेउको घरमा पाँचजना युवतीले एउटा फ्ल्याट लिएका छन् । २० बर्षदेखि २५ बर्षको उमेरका ती युवतीको रहनसहन हेर्दा उनीहरु घरनियाँ परिवारका छोरीजस्ता देखिन्छन् । पेसा सोध्दा विद्यार्थी हो भन्छन्, तर साँझपख महँगा कार लिएर लोग्ने मान्छेहरु लिन आउँछन् । प्रष्ट छ युवतीहरु विद्यार्थी होइनन् यौन-व्यवसायी हुन् ।




एक छिमेकीले भने-’उनीहरुको रहनसहन हेर्दा महिनामा लाखौंको जागिर खानेजस्तो देखिन्छ ।’ ग्राहक खोज्न कामुक कपडा लगाएर सिटी सेन्टरको फुडकोर्टमा पनि बस्छन् । कुरा मिल्ने वित्तिकै कार अथवा ट्याक्सीमा उनीहरु निस्कने गरेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।




नेपालमा अवैध यौन-व्यवसायको यो पनि एउटा उदाहरण हो । सरकारले यसलाई नियन्त्रणको प्रयास गरेपनि राजधानीका टोलटोलमा विभिन्न तरिकाले यौन-व्यवसाय फैलिरहेको छ । यौन व्यवसाय नियन्त्रणको अभियानमा लागेको प्रहरीले शुक्रबार मात्रै चार जोडिलाई यौनबर्द्धक औषधि सहित पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
 
Hot Khabarmazza.com