स्कुल पढ्दा मलाई प्रेम प्रस्ताव राख्ने धेरै हुन्थे र मलाई पनि धेरैलाई प्रेम प्रस्ताव राखूँ-राखूँ लाग्थ्यो। कसैले कक्षामा राम्रो नम्बर ल्यायो भने उससँगै प्रेम गरूँ-गरूँ जस्तो हुन्थ्यो। कुनै केटा खेलकुदमा राम्रो छ र सधैँ पहिलामात्र हुन्थ्यो भने मलाई त्यही केटासँग प्रेम गरूँ-गरूँ हुन्थ्यो। कक्षामा मलाई यति धेरै प्रेमपत्र आउँथे कि छक्कै पर्थें।
भिडियो हेर्न तल क्लिक गर्नुस :
कोही मेरो किताबभित्र गुलाफको फूल राखिदिन्थे भने कोही मलाई प्रपोज नै गर्न आउँथे तर आफूलाई भने खासै त्यस्तो केटा कोही पनि मन परेन। म सानैदेखि एकदमै चञ्चले स्वभावकी थिएँ।
दश कक्षामा पुगेपछि पढाइ अलि गाह्रो हुन थाल्यो। मेरो आमाले मलाई धरानमा ट्युसन राखिदिनुभयो। अंगे्रजी र गणितमा म कमजोर थिएँ। त्यसैले मैले अंग्रेजी र हिसाबको ट्युसन लिन थाले। मेरो दाइले चिन्नुभएको एकजना मास्टर हुनुहन्थ्यो। उहाँ धरानमा बस्नुहुन्थ्यो। म उहाँकोमा नै ट्युसन पढ्न जाने गर्थें। हामी पाँचसात जना जति हुन्थ्यौं ट्युसनमा। हाम्रो पढाइ राम्ररी चलिरहेको थियो तर एक दिन अचानक म चकित भएँ, एउटा कुराले गर्दा।
ट्युसन पढाउने सरले त मलाई भित्रभित्रै मन पराउनु पो हुँदो रहेछ। मलाई यसबारेमा खासै केही थाहा थिएन तर उहाँले अचानक आएर मलाई लभलेटर दिनुभयो। म नर्भस भएँ र लभलेटर लिएँ। घर गएर चिठी पढेँ। मैले सरको प्रपोजललाई सिधै स्वीकार गरेँ। यो कुरा मेरो आमाले पनि थाहा पाउनुभएछ। उहाँले मलाई एकदुई पटक गाली पनि गर्नुभयो र मैले 'माया बस्यो त बस्यो, अब के गर्ने' भनिदिएँ।
यसपछि हाम्रो प्रेमको सिलसिला सुरु भयो। हामीले कहिल्यै नछुट्टिने कसम खाएका थियौं। हामी रिक्सामा बजार घुम्न जान्यौं। फिल्म हेर्न जान्थ्यौं। हामीले हिन्दी फिल्म 'थानेदार' हेरेको म अहिले पनि सम्झन्छु।
कलेज पढ्दापढ्दै मलाई फिल्मका अफर पनि आउन थाले। हाम्रो मायाप्रीति म कलेज पढ्दा पनि चलि नै रहेको थियो। ऊ मलाई सधैं अब विवाह गर्नुपर्छ भनेर दबाब दिइरहन्थ्यो तर म उसलाई अहिले बेला भएको छैन भनेर टारिरहेकी थिएँ। घरपरिवारले दबाब दिएर उसको विवाह अन्तै गरिदिए। मैले भन्ने कुरा पनि खासै केही थिएन। म पहिला करिअर बनाउन चाहन्थेँ।
यसपछि मेरो खासै कसैसँग साँठगाँठ भएन। विवाह त अब भगवान्ले जुराएपछि मात्र गरिन्छ होला। के भो र मन पराउने हजार भेटिन्छन्, जुनी काट्ने एउटै हुन्छ