वन मन्त्रीका सालाका छोरालाई बोका बोक्न गाडी नदिएपछि (Video)

आफन्तले गाडी माग्दा नदिएको भन्दै वनमन्त्री यदुवंश झाले महोत्तरीका जिल्ला वन अधिकृत विद्यानाथ झालाई दुव्र्यव्यहार गरेका छन् । मन्त्री झाले सालोका छोराले गाडी माग्दा किन नदिएको भन्दै वन अधिकृत झालाई तथानाम गाली गरेका हुन् ।






विहान जलेश्वरस्थित वन कार्यालय पुगेर मन्त्री झाले बन अधिकृतलाई पतित, भन्दै तत्काल जागिर खाइदिने धम्कि समेत दिएका थिए । मन्त्रीले गाली गर्ने क्रममा अन्य कर्मचारी र सुरक्षाकर्मी समेत कार्यालयमा थिए ।

गत असोज २ गते मन्त्रीका सालोका छोरा शीवचन्द्र झाले दशैको खसी लैजान भन्दै वन अधिकृतसँग गाडी मागेका थिए । वन अधिकृत झाले वन अनुगमनका लागि गाडी चाहिने भएकाले निजी प्रयोजनका लागि सरकारी गाडि दिन नमिल्ने बताएका थिए । आफ्ना आफन्तलाई वेवास्ता नगर्न चेतावनी दिदै मन्त्री झा भारत तर्फ लागेका छन् । उनी हरेक पटक जिल्ला पुग्दा भारततर्फ जाने गरेका छन ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला






 
Hot Khabarmazza.com