महिलालाई बलात्कारबाट बचाउने कण्डम

दक्षिण अफ्रीकामा फुटबल प्रतियोगिताका क्रममा एक जना डाक्टर भने महिलाहरुका लागि ३० हजार एन्टी रेप कण्डम फ्रीमा वितरण गरिरहेकी छन् । महिलाहरुका लागि विशेषरुपमा तयार गरिएको यो कण्डमको नाम रेपएक्स राखिएको छ । रेपएक्समा स-साना हुक्स लागेको छ, जुन रेपको अवस्थामा रेपिस्टको अंगमा फस्नेछ । कण्डम बनाउन डाक्टर सोनेट एहलर्सका अनुसार एक पटक रेपिस्टको अंकमा फसेपटि यो कण्डम सिर्फ अस्पतालमा गएर मात्र निकाल्न सकिन्छ ।
भिडियो हेर्न तल क्लिक गर्नुस :




अस्पताल पुगेपछि रेप गर्ने व्यक्तिलाई सहजै चिन्न सकिन्छ । रेपएक्स यसअघि रेप निरोधक कण्डमभन्दा फरक छ । यसले रेपिस्टको छाला काट्दैन जसबाट एचआइभी फैलने जोखिमसमेत कम छ । डा। एलहर्सका अनुसार उनलाई यो कण्डम बनाउने प्रेरणा बलात्कार पीडित एक महिलाबाट प्राप्त भएको हो । उनका भनिन्, धन्न उनको अंगमा दाँत हुन्थ्यो र रेपिस्टलाई टोक्न सक्थिन् ।




 एलहर्स भन्छिन्, महिलाहरुलाई बलात्कारबाट बचाउने यो कण्डम अफ्रीकामा निकै उपयोगी प्रमाणित हुनेछ। अफ्रीकामा महिलाविरुछ सेक्स अपराधको दर निकै बढी छ । दक्षिण अफ्रीकाको मेडिकल काउन्सिलद्वारा गराइएको एउटा सर्वेमा हरेक चारमध्ये एक महिलाले स्वयमलाई बलात्कार पीडित भएको बताएका थिए । रेपएक्सको निकै आलोचना पनि भइरहेको छ।

महिला अधिकारका लागि संघर्ष गरिरहेको एउटा एनजीओका सदस्यका अनुसार यो कण्डमले बलात्कारबाट बचाउंदैन। उनले चेतावनी दिए, हुनसक्छ यो कण्डम बलात्कारीलाई अरु बढी हिंसक बनाउनेछ। यही केही मानिसका अनुसार केही महिला यो कण्डमको प्रयोग निर्दोष मानिसविरुद्ध पनि गर्न सक्दछन् ।
 
Hot Khabarmazza.com