काकीसंग शारिरिक सम्बन्ध राखि रहेको अबस्थामा पक्राउ

विद्रोहि \ गोविन्द, ईलाका प्रहरी कार्यालय गैंडाकोट नवलपरासीले आफ्नै हजुरआमा र काकीको हत्या गरेको आरोपमा पक्राउ गरेकालाई आज सार्वजनिक गरको छ । गैंडाकोट–७ सित्तलनगरमा कार्तिक ८ गते राति घरमा सुतिरहेको अबस्थामा २३ बर्षीय सुरेश कुमालले आफ्नै हजुरआमा र काकीको हत्या गरेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरिक्षक डिल्लीनारायण पाण्डेले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । २८ बर्षीय काकी देवी कुमाल संग शारिरिक सम्बन्ध राखि रहेको अबस्थामा ५७ बर्षीय हजुर आमा सुनचरी कुमालले देखेर कराउन थालेपछि हजुरआमाको मुख घाँटी च्यापी हत्या गरेको र पछि काकी देवी कुमाल चिच्याउन लाग्दा उनको पनि मुख र घाँटी थिचेर हत्या गरेको अभियुक्त कुमालले स्विकारेका छन् ।





 दशैंको टिका दिन शारिरिक सम्बन्ध राख्ने काकी र हजुरआमाको हत्या गरेर फरार रहेको अबस्थामा प्रहरीको टोलीले बिरगंज जाने बसको पछाडि सिटमा लुकेको अबस्थामा उसलाई पक्राउ गरेको हो । चारवटै नाकामा प्रहरी परिचालन गरी घटना घटेको २३ घण्टामै प्रहरीले उसलाई पक्राउ गरेको थियो । बैदेशिक रोजगारको क्रममा दुवईमा गएर फर्केको २२ दिनमा कुमालले हजुरआमा र काकीको हत्या गरेको हो । यस भन्दा अगाडि पनि काकालाई डर देखाएर काकी संग शारिरीक सम्बन्ध राख्दै आएको प्रहरी वयानमा उसले बताएको प्रहरीले जनाएको छ ।





घटना घटेपछि बैदेशिक रोजगारको क्रममा कतार भएका काका समेत घर आएका छन् । हत्या आरोपमा ईलाका प्रहरी कार्यालय गैंडाकोटले नवलपरासी जिल्ला अदालतमा कार्तिक १४ गते जघन्य अपराध मुद्दा पेश गरेको छ । हत्यारा ओरोपित कुमालको एक श्रीमती र तीन बर्षीय छोरी रहेका छन् ।
 
Hot Khabarmazza.com