किर्तिमान बनाउन समुद्रमा नांगो दौड

बेलायतको सुदुर उत्तरी क्षेत्र नर्थअम्बरल्याण्ड स्थित समुद्रमा शनिवार बिहानै सयौँ मानिस नांगै चोपलिएर विश्वकिर्तिमान कायम गर्ने प्रयास गरे । यद्यपि आवश्यक संख्या पूराउन नसक्दा उनीहरु सफल भने भएनन् । मानसिक स्वास्थ्यमा सहयोग गर्ने च्यारिटी संस्था माइन्डका लागि आर्थिक सहयोग जुटाउन भन्दै २ सय भन्दा बढि महिला तथा पुरुष एक बिहानै चिसो पानीमा चोपलिँदै नंागै बुंगै ड्रुरिज खाडीस्थित समुद्रमा दौडिएका हुन् । स्मरण रहोस् गएको वर्ष वेल्सको रोसिली तटीय क्षेत्रमा झण्डै ४ सय जना मानिस नांगै समुद्रमा दौडिएर विश्व किर्तिमान राखेका थिए, जुन अहिलेसम्म तोडिएको छैन । रेकर्ड तोड्न नसकेपनि मानसिक रोगीको सहयोगका लागि नांगै चिसो पानीमा दौडिँदा गर्व अनुभुति भएको यो पटकका नग्न सामुदि्रक दौडका|
 
Hot Khabarmazza.com