बाबुको हत्या र आमाको बलात्कार गर्ने कुपुत्रलाई जन्मकैद

१२ कार्तिक, एजेन्सी (नयाँ दिल्ली) । बेला-बेलामा हामीले सुन्ने घटनाले हाम्रो आङ्ग नै सिरिङ्ग बनाउँछ । यस्तै, घटना घटेको छ भारतको राजधानी नयाँ दिल्लीमा । एक छोराले आमाको बलात्कार गरेका छन् नयाँ दिल्लीमा । सुन्दा पनि हैरान बनाउने यस्तो घटनामा अदालतले उक्त छोरालाई जन्मकैदको सजाय सुनाएको छ ।






अदालतले उक्त युवकले निकै नै घृणीत कार्य गरेको र यस कामले मानिस र जनावरबिच रहेको फरकलाई समेत अन्त्य गरिदिएको बताउँदै उक्त युवकलाई जन्मकैद भन्दा कम सजाय हुन नसक्ने बताएको छ । उक्त युवकलाई यसअघि पनि आफ्नै बाबुको हत्याको आरोपमा जेल पठाइएको थियो तर केही दिन मुद्धा चलेपछी ती युवकलाई मुक्त गरिएको थियो ।






अदालतले उक्त किशोरलाई कुनै पनि प्रकारको छुट दिन नमिल्ने भन्दै कडा भन्दा कडा सजाय सुनाउनु पर्ने भन्दै जन्मकैदको फैसला सुनाएको हो । अदालतले बलात्कारका घटना बढ्दै गएको अवस्थामा उक्त किशोरलाई कुनै किसिमको छुट दिन नमिल्ने अदालतले जनाएको छ ।

नन्द किशोर नामका ती युवकले ३ मे २०१२ मा आफ्नै घरमा आमाको बलात्कार गरेका थिए ।
 
Hot Khabarmazza.com