२० हजार रुपैयाँमा आमाबाट बेचिएकी छोरीको प्रहरीद्वारा उद्धार

२० हजार रुपैयाँमा आमाबाट बेचिएकी छोरीलाई वीरगञ्ज प्रहरीले उद्धार गरेको छ । भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले सीमावर्ती रामगढवा थानाअन्तर्गत च्युटाहा गाविसबाट नेपाली चेलीको उद्धार गरेको हो । चिनवन शिवनगर घर भई हाल वीरगञ्ज बसोबास गर्दै आएकी सीता अर्यालले १७ वर्षीकी छोरीलाई भारतीय नागरिक प्रेमचन्द्र सिंहलाई बिक्री गरेकी हुन् ।






भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले च्युटाहा गाविसमा बस्ने सिंहको घरमा छापा मारी बुधबार राती १७ वर्षीया युवतीको उद्धार गरेको हो । प्रहरीले बताए अनुसार सीताले आफ्नी छोरीलाई भारतीय रुपयाँ २० हजारमा बिक्री गरेकी हुन् ।






महिलाको अधिकारका पक्षमा वकालत गर्दै आएको एक गैरसरकारी संस्थाले दिएको जानकारीका आधारमा भारतीय प्रहरीको सहयोग लिएर नेपाल प्रहरीले सिंहको घरमा छापा मारेको हो । छापा मार्ने क्रमममा प्रहरीले १७ वर्षे नेपाली युवतीलाई भेट्टाएर उद्धार गरेको छ ।

इनरुवा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक गोपाल यादवले दिएको जानकारी अनुसार आमाले बेचेकी युवती अहिले प्रहरीको संरक्षणमा छन् ।

छोरीलाई रक्सौल लाने भन्दै सीताले च्युटाहा लगेकी थिइन । छोरीलाई घुमाउने बहानामा बिक्री गरेको प्रहरी अनुसन्धानले देखाएको छ । युवतीका शरीरमा देखिएका निल डामका आधारमा उनले सिंहको घरमा बन्दक बस्दा शारीरिक एवम् मानसिक यादना भोक्नु परेको अनुमान प्रहरीले गरेको छ ।

युवतीलाई बन्दक बनाउँने सिंहलाई भने अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।
 
Hot Khabarmazza.com