६ वर्षदेखी छोरीको बलात्कार गर्ने अपराधी बाउ खोरमा

भारतको फरिदावादमा विगत ६ वर्षदेखी आफ्नै छोरी बलात्कार गर्दै आएका एक व्यक्तिलाई प्रहरीले हिरासतमा राखेको छ ।

१४ वर्षीय छोरीलाई ३८ वर्षीय राजेन्द्र नामका एक दुराचारी बाबुले विगत ६ वर्षदेखी बलात्कार गर्दै आएको थियो । उसले छोरीको बलात्कार गरेको मेडिकल रिपोर्टबाट पुष्टी समेत भएको छ ।

सराय रेल्वे फाटकको एक क्वाटरमा बस्दै आएका राजेन्द्रले सात कक्षामा पढ्ने छोरीलाई बलात्कार गरेको कुरा तब सामुन्ने आएको जब ती बालिकाले आफ्नो साथीलाई आफूलाई बाबुले बलात्कार गरेको घटना सुनाईन् ।






 उनकी ती साथीले आफ्नी आमालाई घटनाबारे जानकारि दिएपछी ती साथीकी आमाले बालिकालाई प्रहरी कार्यालयमा लिएर गर राजेन्द्रविरूद्ध मुद्धा दायर गरेकी थिइन् ।






नजिकैको सरकारी विद्यालयमा पढ्ने ती बालिका सात कक्षामा पढ्छिन् । उनलाई राजेन्द्रले कक्षा १ मा पढ्दा देखीनै बलात्कार गर्दै आएको थियो । उनकी आमा पनि मुखदर्शक भएकी थिइन् । उनले आफ्नो छोरीमाथी आफ्नै श्रीमानले गर्ने गरेको अत्याचार पनि रोक्न असमर्थ थिइन् । कति पटक त उनकै अगाडि राजेन्द्रले छोरीको बलात्कार गरेका थिए ।
 
Hot Khabarmazza.com