९६ वर्षमा पिता बने रामजित

भारतीय राज्य हरियाणाको खरखोडाका बासिन्दा रामजित राघव फेरि एकपल्ट पिता बनेका छन्। उनी पिता बन्नु अनौठो कुरा होइन, तर ९६ वर्षको उमेरमा पिता बन्नुलाई चाहीँ अनौठो नै मान्नुपर्छ।

उनी संसारकै सबैभन्दा बढी उमेरमा पिता बन्ने व्यक्ति बनेका छन्। यसअघि पनि यो कीर्तिमान उनकै नाममा थियो। सन् २०१० मा उनकी पत्नी शकुन्तलाले छोरा करमजितलाई जन्म दिएकी थिइन्। गएको महिना ५४ वर्षीया शकुन्तलाले फेरि अर्को छोरा रन्जित जन्माएपछि रामजितले आफ्नै कीर्तिमान भंग गरेका हुन्।






भारतको राजधानी नयाँ दिल्लीभन्दा ३१ माइल पर हरियाणा राज्यको खरखोडाको एक झुप्रोमा बस्ने उनले भने, 'यो सबै इश्वरको मर्जी हो। उपरवालाको इच्छा नै मेरो अर्को छोरा होस् भन्ने भएपछि म यसमा के गर्न सक्छु र?'
हरियाणाको सरकारी अस्पतालमा शकुन्तलाले गएको महिना छोरा पाएपछि रामजितले आफू पिता बनेको बताउँदा त्यहाँका चिकित्सकहरूले उनलाई हाँसोमा उडाएका थिए।






 उनले बताए अनुसार चिकित्सकहरू छक्क परेका थिए। खेतिपातीबाट जीवनयापन गर्ने उनको कमाई औसत भारतीयभन्दा निकै थोरै छ। त्यसैले रामजित आफ्ना छोरा उच्च सरकारी पदमा जागीर खाउन् भन्ने चाहना राख्छन्।

दोस्रो छोराको चाहना नहुँदानहुँदै पनि इश्वरको वरदान भएको बताउने उनले शकुन्तलालाई छोराछोरी नपाउने गरी शल्यक्रिया गर्न भनिसकेका छन्। उनी आफ्ना छोरालाई विद्यालय पठाउन र उच्च शिक्षा अध्ययन गराउन चाहन्छन्। छिमेकीले लगभग सय वर्षे बुढ्यौली उमेरमा दुई स्वस्थ छोराका बाउ बनेर जुँगा मुसार्ने उनको औधी डाहा गर्न थालेको बताउँछन् उनी।

उनको उमेरले डाँडा काटे पनि एक रातमा तीनदेखि चारपल्टसम्म यौन सम्पर्क गर्छन् उनी। छिमेकी यो उमेरमा उनको यौन शक्तिको रहस्य के हो भनेर निकै केरकार गर्दा उनी रमाइलो पारामा जवाफ फर्काउँछन्, 'भगवत्इच्छा!'

अझ उनी रौसिँदै भन्छन्, 'म स्वस्थ छु र सहवासको आनन्द लिन्छु। मलाई लाग्छ पतिपत्नीको मधुर सम्बन्धका लागि नियमित यौन सम्पर्क हुनु महत्त्वपूर्ण हुन्छ। शकुन्तलाले यौन सम्पर्कका लागि भन्दा म रातभरि नै सहवास गर्न सक्छु, तर छोराका लागि अहिले हामीले आफ्ना यौनेच्छा पन्छाएका छौं।'
बदाम, नौनी र दूधको नियमित सेवनले आफू अहिलेसम्म स्वस्थ र सक्रिय यौन जीवन बिताउन सफल भएको ठान्ने उनकी शकुन्तला दोस्री पत्नी हुन्।

उनले शकुन्तलालाई २२ वर्षअघि एउटा मुस्लिम धार्मिकस्थलमा पानी परिरहेका बेला बिहान भेटेका थिए। उनले सँगै जीवन बिताउन गरेको आग्रह शकुन्तलाले मानेपछि दुवै सँगै बस्न थालेका थिए। परिवार वा आफन्त कोही नभएकी शकुन्तलाले त्यसपछि उनलाई छोडेकी छैनन्।

सँगै बस्न थालेपछि उनले शकुन्तलालाई योग समेत सिकाएपछि दुवैबीच माया अझै झाँगियो। शकुन्तलालाई पनि लाग्छ रामजितको माया नपाएको भए आफ्नो जीवन उहिल्यै सकिन्थ्यो। उनी भन्छिन्, 'ऊनको उमेरको मेरा लागि कुनै मतलव छैन। मलाई उनी बुढा छन् जस्तै लाग्दैन, किनकी २५ वर्षे ठिटोलेजस्तै माया गर्न सक्छन्। कहिलेकाहीँ हकारे पनि मलाई उनको औधी माया लाग्छ।'
 
Hot Khabarmazza.com