आजको राशिफल - २०६९ कार्तिक १७ गते शुक्रबार

मेष :
विवाह तथा पारिवारिक जीवनमा रमाइलो आउने छ।विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ । व्यवहारिक समस्याले पिरोल्न सक्छ।

वृष:
पारिवारिक वातावरणमा केही सुधार आउने छ। पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न। व्यवहारिक एवं आर्थिक लाभमा कमी आउनेछ। लेखन प्रकाशन सम्बन्धी क्षेत्रमा लाग्नेसमय छ। सानोतिनो भए पनि सृजनात्मकसफलता मिल्नेछ।






मिथुन :
आफन्त वा साथीभाइले असहयोग गर्न सक्छन्। आज यात्राको समय छ। तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ। साथै मनोरञ्जन प्राप्त पनि होला।

कर्कट :
साथीभाइ र कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ।शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ। मन प्रसन्न बनाएरकाम गर्नुहोला।

सिंह :
प्रेममा सफलताप्राप्त हुने योग छ। कृषिकार्यतिर मन जानेछ। प्रयाससाध्य समय छ धैर्य गर्नुहोला। प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ।विभिन्न महत्वपूर्ण दिनहरु मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ।






कन्या :
आजको दिनलाई नराम्रो भन्न मिल्दैन। मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ। आर्थिक लगानी गर्ने समय आएको छ। धेरैथोरै लगानी गर्नु पर्नेछ।

तुला :
आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ। दान पुण्यको कार्य गर्नु होला। कुनैदेवालय मठ मन्दिरको दर्शन भ्रमण हुनेछ।

वृश्चिक :
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। शैक्षिक प्रगतिबाट ठूलो फड्को मार्न सिकने छ। दिन दुईगुना रात चौगुना गरी उन्नतितर्फ लाग्नु होला।

धनु :
भेटघाटएवं रसरङ्गमा समयबित्नेछ। मेवा मिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ। आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ।

मकर :-
आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ। खर्च अधिक हुनसक्छ सावधानी अपनाउनु होला। रिसको कारणले असर पुर्र्याउला। जो सँग जतिबेला बोले पनि बडो विचार पुर्र्याएर मात्रै बोल्नु होला।

कुम्भ :
खराब समय छ। मानप्रतिष्ठार सामाजिक मर्यादामा आँच आउने सम्भावना छ। यात्राको योग छ। घरपरिवारबाट पनि यात्राको लागि आवश्यक सहयोग मिल्ने छ।

मीन :
धर्मकर्ममा रुचि बढ्ने योग छ। मिष्ठान्न भोजन प्राप्त हुनेछ। अरुबाट तपाईका कामको उच्च मूल्याङकन हुने बेला पनि नजिक छ। बोल्दा ख्याल गर्नुहोला।

आजको राशिफलले जे-जस्तो भने तपाईंको हरेक पल सुख शान्ती र सफलता पुर्वक बितोस भनी कामना गर्दछौ ।
 
Hot Khabarmazza.com