यस्तै नौलो घटना दक्षिण अफ्रिकाको दोस्रो सबभन्दा ठूलो सहर केपटाउनमा सामान्य जस्तै हुन थालेको छ । ठुलो मात्रामा लंगुर बांदरहरु रहेको यस सहरको आवासीय क्षेत्रमा छिरेर खाद्य सामाग्री मात्रै नष्ट गर्दै आएका लगुंरहरुले पछिल्ला दिनमा पसलमा बेच्नका लागी राखिएका रक्सीमा बाकस नै लुट्ने गरेका छन ।
आवासीय क्षेत्रमा लंगुरहरूको आवागमनलाई रोक्नु काम भएको भन्दै फिल्ड रेन्जर फियानी मेयोले आफुले लंगुरको देखभालमा खटिने हुनाले लंगुरहरूलाई राम्ररी चिनेको समेत बतउँछन । उनले केहीलाई नाम समेत दिएका छन् । शरीरमा जडान गरिएको विशेष संयन्त्रबाट उनीहरूको ठेगाना र गतिविधि थाहा हुने मेयोको भनाइ छ ।
यसकै नतिजा स्वरुप मानव वस्ती र घरहरुमा घुसेर खानेकुरा खाने गरेका लंगुरहरुले पसल तथा घरहरुमा रहेका रक्सी खाने गरेको र लंगुरहरु दिनभर रक्सीको मातमा सडकविचमै झुल्ने गरेको भेटिएको स्थानीय बताउंछन । यो क्रम बढ्न थालेको भन्दै स्थानीयले केपटाउनका लंगुरहरु जंड्याहाहुन थालेको बंताउंछन ।
अफ्रिकामा लंगुरमार्न नपाइने भएकाले आक्रमण र लुटपाटमा आएका लंगुरलाई धपाउन कठिन परेको स्थानीयको भनाइ छ । तथापि हरेक वर्ष अफ्रिकामा सयौं लंगुरहरु मानव वस्तीमा छिरेर ध्वंसमा उत्रंदा मारिने गरेका छन ।