ट्रक र बस जुध्दा दुईको मृत्यु

१६ कात्तिक, रौतहट । पूर्व पश्चिम राजमार्ग अन्गरगत रौतहटको धन्सर पुल नजिकै ट्रक र बस जुध्दा २ जनाको मृत्यु भएको छ भने दुई दर्जन भन्दा बढी घाइते छन् ।






रौतहटको पौराई गाबिस-९ बाट रोजगारीको लागी ना ३ ख २७१५ नम्बरको बस रिजर्भ गरी हिडेका कामदारहरु दुर्घट्नामा परेका हुन् । पौराई गाविस-९ बाट नवलपरासीको एक ईट्टाभट्टामा कामदार लिएर गईरहेको ना ३ ख २७१५ नं को बस र नेपाल बिद्यूत प्राधिकरणको सामान वोकेको ना.१ घ ५३९ नं को सँस्थानको ट्रक धन्सर पुल नजिक एक आपसमा ठोक्किएको थियो ।






दुर्घटनामा मकवानपुर छतिवन-४ का ९ वषर्ीय बिनायक माझी र रौतहट पौराई-९ की ७० वषर्ीया सनसरी माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घट्नामा परी गम्भीर घाइते भएका बसका चालक दिपक बिक र प्राधिकरणका चालक नारायण पौडेल दुबैलाई काठमाडौं तथा अन्यलाई वीरगञ्ज र भरतपुर पठाइएको प्रहरी नायब उपरिक्षक चक्रबहादुर सिंहले बताएका छन् ।

प्रहरीले जनाएको छ । बसमा चालीस भन्दा बढि मानिस सबार थिए । दुर्घट्नामा एउटै गाँउका मानिसहरु परेका छन । बर्षेनी उक्त गाउका मानिसहरु नवलपरासी भट्टामा काम गर्न जाने गरेको स्थानियबासीले बताएका छन ।
 
Hot Khabarmazza.com