नागमणि किन्न गएका एक ब्यापारीको लुटेर वीभत्स ढंगले हत्या !!

नागमणि किन्न गएका एक ब्यापारीको ८५ हजार लुटपाट गरेर वीभत्स ढंगले हत्या भएको हो । भक्तपुरका व्यवसायीलाई सिन्धुपाल्चोकको विकट गाउँ पुर्‍याएर लुटेर वीभत्स ढंगले हत्या गरेका थीए ।  हत्याको अभियोगमा ६ जनालाई पक्राउ गरिएको छ । भदौ २२ देखि हराएका भक्तपुर नगरपालिका १६ वंशगोपालका ३६ वषर्ीय भूषण किलम्बूलाई गत १ गते फूलपिङकोट ९ रातमाटे भीरमा मृत फेला परेपछि हत्या अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । 






इलाका प्रहरी बाह्रबिसेका निरीक्षक विष्णु लामिछानेका अनुसार नागमणि जंगलमा पाइने भन्दै धुस्कोटको एकान्त स्थलमा पुर्‍याएपछि स्थानीयवासी ८ जनाले किलम्बूलाई घेरेर लट्ठी र ढुंगा हानेर हत्या गरेका थिए । एक लट्ठी हिर्काउने बितिक्कै भूषणले आफूसँग रहेको ८५ हजार रुपैयाँ उनीहरूलाई दिएका थिए । पक्राउ परेका अभियुक्तका अनुसार माङ्खा-७ का राजु तामाङले हत्यामा महत्त्वपूर्ण भूमिका खेलेका थिए । राजुले हान्यो, पक्राउ परेका हरिबहादुरले भने, मैले पनि २ लट्ठी हानेँ ।






 मरेपछि घिसार्दै लगेर भीरबाट फ्याँकेका हौं, उनले भने । पैसा दिएपछि नमारौं भनेको राजुले मानेन हरिले भने । किलम्बूको शव कुहिएको अवस्थामा गत १ गते फेला परेको थियो । शव फेला परेपछि बाह्रबिसेबाट खटेका सादा पोसाकका प्रहरीबाट अभियुक्त पक्राउ परे, प्रहरी नायब उपरीक्षक प्रताप गुरुङले भने, ‘६ अभियुक्त एकैपटक कानुनी दायरामा ल्याउनु ठूलो सफलता हो ।’ यस भेकमा रहेका यस्ता समूहले माङ्खाको माथिल्लो भागमा रहेको गुम्बामा पुर्‍याएर यस्तै तरिकाले ठग्ने गरेको प्रहरीको दाबी छ 
 
Hot Khabarmazza.com