उचाइ कम भएका नायक तथा नायिका सार्वजनिक कार्यक्रममा भन्दा चलचित्रको पर्दामा केही अग्ला देखिन्छन् । चलचित्रमा देखेको नायक तथा नायिकालाई प्रत्यक्ष देख्दा दर्शकले भन्छन् -’फलानो कलाकार त होचो रैछन् है ।’
यसरी दर्शकलाई नै भ्रममा पार्ने गरी नायक तथा नायिका कसरी अग्ला देखिन्छन्, यो सबैका लागि कौतुहलताको बिषय बन्न सक्छ । अनलाइनखबरले नायिका रेखा थापाको उचाई बढाउने रहस्य फेला पारेको छ ।
भिडियो हेर्न बक्समा क्लिक गर्नुस !
अग्ली देखिनका लागि हिल लगाएकी रेखा ट्रलीको पांग्रामाथि उभिएकी थिइन् । ३ वटा पांग्रामाथि उभिएकी रेखाको उचाई सामान्य भन्दा केही इन्च बढी देखिएको थियो । उनी गीतको प्रत्येक सटमा ट्रलिको पांग्रा माथी उभिएकी थिइन् ।
भिडियो हेर्न बक्समा क्लिक गर्नुस !