म सेक्सी छैन - गायिका प्रविशा अधिकारी


नेपाली चलचित्रको पाश्र्व गायनमा गायिका प्रविशा अधिकारीको नाम कुनै नौलो होइन । चलचित्र कसलाइ दिऊ यो जोवनको ‘तिमी जहाँ छौ बोलको गीत’…. बोलको गीत गाएपछि प्रविशाको चर्चा चुलिएको हो । विदाइ चलचित्रबाट गायनमा हात हालेकी प्रविशाले यसपछि सय भन्दा बढी चलचित्रमा गीत गाइसकेकी छिन् । हाल आफ्नै नयाँ एल्बमको तयारीमा रहेकी प्रविशासँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी :

· के गर्दै हुनुहुन्छ आजकल ?

बिभिन्न चलचित्रका गीत रेकडिङ पनि भइरहेको छ । यस्तै नयाँ एल्बम बजारमा ल्याउने तयारी पनि गर्दैछु । साथमा आफ्नो पढाइ पनि सागै लगेकाले व्यस्तै नै छु ।






· सुरुवातमा भन्दा सुस्ताएको हो तपाई ?

सुरुवातमा मेरो गति निक्कै बढेको हो । तर जुन तबरबाट सुरुवातमा गति बढ्यो त्यो अनुसार म पछिल्ला दिनमा चल्न नसकेको पक्कै हो । तर उमेर छादै छ किन हतार गर्नु भन्ने लागेकाले पनि म पर्दा पछाडि नै रमाइरहेको छु ।

· किन ओझेलमा परे जस्तो लाग्दैन ?

ओझेलमा परेको भनेर म स्विकार गर्न तयार छैन । आफ्नो परिचय बनाउका लागि एउटा एल्बम निकाल्नु जरुरी छ । मैले आजसम्म एल्बम ननिकालेकाले पनि ओझेलमा परे जस्तो लागेको हुनसक्छ ।

· गीत गायन रहर हो की पेशा हो ?

सुरुवातमा त गीत गाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो । तर अब यो एउटा नशा नै भैसकेको छु । अब गायनलाई मैले पेशा बनाएको छु ।

· कहिलेदेखि गीत गाउन थाल्नु भएको हो ?

मैले सुरुवातमा नै गीत गाउन थालेको हो । चलचित्र ‘बिदाई’मा गीत गाएपछि म विदेश जाने चक्करमा पनि लागेा । पछि संगीतकार बसन्त सापकोटाले मेरो नम्बर पत्ता लगाएर मलाइ फोन गर्नुभयो । मेरो सिनेमामा पुनः प्रवेश हुनुमा उहााको ठुलो हात छ ।






· सिनेमा क्षेत्रमा टिक्नका लागि कसैको आर्शिवाद चाहिन्छ भनिन्छ, तपाइलाइ आर्शिवाद दिने मानिस भेट्नु भएन कि के हो ?

मलाई त आफु पछाडि नै छु भन्ने नै लाग्दैन । म पर्दामा नआएकाले पनि यस्तो भएको हो । म धेरै अघि नै आएकाले पनि मानिसहरु प्रविशा पछि परि भन्छन् । तर मलाई कसैको आशीर्वाद चाहिादैन । म पाश्र्व गायनमा नै सन्तुष्ट छु ।

· बिहे कहिले गर्ने त ?

अब त उमेर पनि भैसकेको छ । २ बर्षपछि बिहे गर्ने सोचाइमा छु । आखिर गर्नै पर्छ भने किन ढिला गर्ने हैन र ?

· बिहे गर्ने मानिस रोजिसक्नु भयो त ?

अहिले सम्म उपयुक्त व्यक्ति भेटेको छैन ।

कस्तो युवकको खोजीमा हो तपाइर्ं ?

सबैभन्दा पहिला मलाइ नै बुझ्नु पर्यो । फेरि दुवैजनाको ग्रह पनि त मिल्नु पर्यो नि हैन । ग्रह मिलेन भने त जिन्दगी जिउन गाह्रो पो पर्छ ।

· उसो भए बिहे गर्नु अघि दुबै जनाको चिना, ग्रह र राशी हेरिन्छ हैन ?

म ग्रहमा खुबै विश्वास गर्छु । यसैले मसँग विहे हुने केटाको ग्रह र चिना हेरेपछि मात्र निर्णय गर्छु ।

· कस्तो युवकले भुतुक्कै बनाउछ त ?

झट्ट हेर्दा त केटाको लुक्स नै राम्रो हुनुपर्छ । लुक्स राम्रा भएका केटाहरु जहाँकही भेट्दा पनि राम्रो लाग्छ ।

· गीत कहिलेसम्म गाउने कि अर्कै पेशा रोज्ने सोचाई छ ?

गीत गायनलाई त म निरन्तर नै दिन्छु । अब त गीत गाउनु नशा नै भैसकेको छ । तर बीबीए पढेकाले पनि व्यवसाय पनि गर्ने सोचाइ छ ।

· के कुरा मिठो पकाउनुहुन्छ ?

मलाइ दाल, भात, तरकारी, चाउमिन मिठो पकाउन आउछ । अमलेट अझ विशेष बनाउाछु ।

· राम्री हुनुहुन्छ, नायिका बन्ने अफर आएन ?

नायिका बन्ने प्रस्ताव धेरै नै आए । तर अभिनय गर्नु भनेको चानेचुने कुरा होइन । अर्कोतिर सबैतिर हात हाल्दा असफल हुने डर हुन्छ । म गीत गाउनमा नै सन्तुष्ट छु ।

· सधैं अर्काको लागि मात्र गीत गाउदा दिक्क लाग्दैन ?

त्यस्तो कुराले दिक्क बनाएको छैन । तर मेरो एल्बमको गीतमा म आफंै मोडल बन्छु ।

· नेपाली सिनेमाको कुन नायकले आकर्षण गर्छ तपाइलाईं ?

कर्मा प्रति आकषिर्त छु । उसको लुक्स र याक्टिङ पनि मनपर्छ ।

· पहिलो प्रेम कहिले भयो त ?

ठ्याक्कै प्रेम नै त भएको छैन । तर प्लस टु पास गरेपछि एक जना युवकसँग आकर्षण भएको थियो । हामी दुबै एक अर्कालाइ मन पराउाथ्यौ । तर त्यो आकर्षणमा नै सीमित भयो, लभमा परिणत भएन ।

· कमाएको पैसा केमा बढी खर्च हुन्छ ?

म कपडा किन्न भन्दा पनि खानमा नै बढि पैसा खर्च गर्छु । रेष्टुरेन्डमा पुगेर खानु मेरो रुची नै हो ।

· पहिरनमा कत्तिको चुजी लाग्छ आफू ?

म नर्मल पहिरन नै लगाउाछु । कुनै पनि कार्यक्रममा पुग्दा पनि म नर्मल नै हुन्छु । म ग्ल्यामर भन्दा पनि साधारण नै भएर हिाड्छु ।

· मेकअप कत्तिको गरिन्छ ?

साच्चै भन्ने हो भने मलाइ मेकअप गर्न नै आउादैन ।

· आफ्नो अंगमा कुन सेक्सी र आकर्षक लाग्छ ?

मलाइ म आफु सेक्सी नै लाग्दैन । मेरो दातले गर्दा पनि म बच्चा नै छु जस्तो लाग्छ ।

· सपना कत्तिको देखिन्छ ?

सपना त म अत्याधिक नै देख्छु । कहिलेकाही अत्यन्त नराम्रो त कहिले राम्रो सपना देख्ने गर्छु ।

· विश्वास लाग्छ सपनामा ?

मैले विहानीपख देखेका सपनाहरु धेरैजसो पुरा भएका छन् । यसैले पनि नराम्रो सपना देखें भने विहान उठ्ने वित्तिकै भगवानको पूजा गर्छु ।

· सपनामा कस्ता खालका युवक आउछन् त ?

खै किन हो किन, २४ बर्षको भैसकेको छु, मलाइ आफु अझै पनि बच्चा नै लाग्छ । सपनामा केटाहरु भन्दा पनि मेरो बच्चाका साथीहरु ब्ढी आउाछन् ।

· अब कस्तो गीत गाउन मन लागेको छ ?

मैले मेलोडी गीत धेरै नै गाइसकेको छु । यसैले एल्बममा मेलोडी सागसागै बिभिन्न प्याटनको फ्युजन गीत गाउने सोचाइमा छु ।
 
Hot Khabarmazza.com