धेरै चीज खान बन्द गर्नुस नत्र...बाबु बन्ने त्यस्तै हो

भर्खरै गरिएको एक ताजा खोजमा धेरै चीज पुरुष नपुंसक बन्ने सक्ने दावी गरिएको छ। हावार्ड युनिभर्सिटीमा गरिएको अध्ययनका अनुसार दिनमा ३ स्लाइस भन्दा बढि चीज खाने पुरुष पिता नै बन्न सक्ने खतरामा पर्ने बताइएको हो।

खोज कर्ताहरुले धेरै चिल्लो भएको थोरै डेरी प्रोडक्टले पनि प्रजनन क्षमतामा व्यापक असर गर्ने निष्कर्ष निकालेका छन् । अमेरिकी युनिभर्सिटी हावार्डमा गरिएको यो खोजमा १९ देखी २५ वर्ष उमेर समुहका १८९ जना युवा समावेश गरिएको थियो ।

खोजकर्ताहरुले दिनमा ३ स्लाइस भन्दा बढि चीज खाने पुरुषहरुको विर्य समेत परिक्षण गरेका थिए। परिक्षणमा धेरै चीज खाने  पुरुषको वीय प्रजननको हिसावले कमजोर पाइएको थियो।
 
Hot Khabarmazza.com