ल्वाङ खानुस् यी १० रोगबाट बच्नुस्..

ल्वाङ हामीले प्राय दिनहुँ प्रयोग गर्ने मसला हो । प्राय भान्सामा मात्र प्रयोग गरिने ल्वाङ औषधीका रूपमा निकै उपयोगी हुन्छ भन्ने हामी प्राय धेरैले थाहा नहोला । आज यहाँ ल्वाङलाई औषधीका रूपमा प्रयोग गर्ने विधीहरू प्रस्तुत गर्दैछौ । 





ल्वाङमा कार्बोहाइड्रेड, प्रोटिन, बोसो जस्ता तत्व हुने गर्छ साथै ल्वाङमा खनिज पदार्थ, क्यालसियम, फास्फोरस, आइरन, सोडियम, पोटासियम, भिटामिन ए र सी पनि प्रचुर मात्रामा पाइन्छ । 
 
थाहा पाऔ ल्वाङलाई औषधीका रूपमा प्रयोग गर्ने तरिका...
- खाना खाएपछी बिहान बेलुका १-१ वटा ल्वाङ् खाने गर्नाले एसिडिटी ठिक हुन्छ । 
- १५ ग्राम हरियो अमला, पाँच वटा पिसेको ल्वाङ, एक चम्चा मह र एक चम्चा चिनी मिसाएर पिउनाले एसिडिटी ठिक हुन्छ ।  
- ल्वाङ तताएर पानीमा डुबाएर टाउकोमा लगाउनाले टाउको दुखाइबाट मुक्ति पाउन सकिन्छ ।  
- ल्वाङ पिसेर एक चम्चा शख्खरमा थोरै पानी मिसाएर उमाल्ने र त्यसलाई चिसो बनाएर पिउनाले उल्टी हुन बन्द हुन्छ । 
- ल्वाङलाई पोलेर मुखमा राख्नाले घाँटीमा हुने खसखस, सुखा कफ हटाउँछ ।  
- टाउको दुखाई, दाँतको दुखाईमा ल्वाङको तेल लेपन गर्नाले आराम मिल्छ । 
- गर्भवती स्त्रीलाई बढी उत्टी भएमा ल्वाङको धूलो महमा मिसाएर खाना दिनाले आराम मिल्छ । 
- ल्वाङको तेल मिश्रीमा मिलाएर खाने गर्नाले पेट दुखाईबाट मुक्ति पाउन सकिन्छ । 
- एउटा ल्वाङ पिसेर तातो पानीसँग तीन पटक खानाले ज्वरो पनि सन्चो हुन सक्छ । 
- ल्वाङ दम रोगका लागी पनि हितकारी हुन्छ । 
- आँखा तथा क्षयरोगको निदानमा पनि ल्वाङ लाभदायक हुन्छ ।



 
Hot Khabarmazza.com